तमलोपा र सद्भावना पार्टीबीच तालमेल हुने
वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको छ ।
दुई दलले गठन गरेको लोकतान्त्रिक मधेसी फ्रन्टको बैठकले सो निर्णय गरेको नेपाल सद्भावना पार्टीका सहमहासचिव डा.रविन्द्र कुमार चौधरीले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रहरुको अध्ययन गरी सम्भावना अनुसार आपसी सहमतिमा संयुक्त उम्मेदवारी दिने निर्णय भएको उनले बताए ।
‘चुनावी तालमेल गर्ने सहमति भएको छ, चुनावी क्षेत्रको अध्ययन गरेर थप निर्णय गर्नेछौं,’ उनले भने । वृषेशचन्द्र लालले लोसपाबाट अलग भएर तमलोपा गठन गरेका हुन् । सरिता गिरीले नेपाल सद्भाना पार्टीलाई तत्कालीन संघीय समाजवादी फोरम नेपालमा विलय गराएका थिए । त्यसपछि रामकुमार महतोले नेपाल सद्भावना पार्टीलाई पुनर्गठन गरी सञ्चालन गर्दै आएका छन् ।
जसपाले सरिता गिरीलाई पार्टीबाट कारबाही गरेपछि उनी नेपाल सद्भावना पार्टीमा प्रवेश गरेकी थिइन् अहिले सो पार्टी पनि छाडेर स्वतन्त्र भएकी छन् ।
बैठकले अन्य लोकतान्त्रिक दलहरुलाई फ्रन्टमा आवद्ध हुन आह्वान गरेको छ ।
त्यस्तै, फ्रन्टको बैठकले दुईदुई पटक पारित नागरिकता विधेयकको प्रमाणीकरणमा भएको ढिलाईप्रति आपत्ति जनाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा असोज ३ गते प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)