नेप्सेमा २१ अंकको वृद्धि, कारोबार भने ९२ करोडमा सीमित
मङ्गलबार, २८ भदौ २०७९, १५ : १७
सेयर बजार परिसूचक नेप्सेमा मंगलबार २१ अंकमाथिको वृद्धि भएको छ । केहीदिन यताको लगातार गिरावटलाई ब्रेक गर्दै मंगलबार नेप्से सूचक २१.३० अंकले वृद्धि हुँदै १९३४.०४ अंकमा उक्लिएको हो ।
तर, कारोबार रकममा भने खासै प्रगति हुन सकेको छैन । मंगलबार २१ अंकले बढेको बजारमा जम्मा ९२ करोड २५ लाख ७४ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । यद्यपि, आज १३ वटै उपसूचक धनात्मक भएका छन् ।
सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.१३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूहको उपसूचक सरदर एक प्रतिशतले बढेका छन् । आज बोटलर्स नेपालका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने नेपाल बैंक डिभेन्चर्सका लगानीकर्ताहरुले ९.५९ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार्जिङ स्टेसनमा लगानी बढाउँदै निजी क्षेत्र, ६०० वटा स्टेसन बनाउन अनुमति माग
-
गरिखाउन् भनेर भरथेग दिएका पार्टीहरूले गरी खाएनन् : प्रधानमन्त्री ओली
-
कृषि विभाग परिसरमा रैथाने बाली प्रदर्शनी हुने
-
धूम ४ मा रणवीरको इन्ट्री
-
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार स्वागतयोग्य : क्यान महासंघ
-
जाडो विदामा काठमाडौँ महानगरले सामुदायिक र बोर्डिङ स्कूलका शिक्षकहरूलाई तालिम दिँदै