बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

नेप्सेमा २१ अंकको वृद्धि, कारोबार भने ९२ करोडमा सीमित

मङ्गलबार, २८ भदौ २०७९, १५ : १७
मङ्गलबार, २८ भदौ २०७९

सेयर बजार परिसूचक नेप्सेमा मंगलबार २१ अंकमाथिको वृद्धि भएको छ । केहीदिन यताको लगातार गिरावटलाई ब्रेक गर्दै मंगलबार नेप्से सूचक २१.३० अंकले वृद्धि हुँदै १९३४.०४ अंकमा उक्लिएको हो ।

तर, कारोबार रकममा भने खासै प्रगति हुन सकेको छैन । मंगलबार २१ अंकले बढेको बजारमा जम्मा ९२ करोड २५ लाख ७४ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । यद्यपि, आज १३ वटै उपसूचक धनात्मक भएका छन् । 

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.१३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूहको उपसूचक सरदर एक प्रतिशतले बढेका छन् । आज बोटलर्स नेपालका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने नेपाल बैंक डिभेन्चर्सका लगानीकर्ताहरुले ९.५९ प्रतिशतले गुमाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप