राप्रपाद्वारा संसदीय समिति गठन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ । आसन्न निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट गर्न उक्त समिति गठन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । अधिकांश जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आउनेक्रम जारी छ ।
पार्टीका नेता तथा कार्यकर्ताले साङ्गठनिक निर्माणमा गरेको योगदान, सामाजिक कार्यमा रहेको क्रियाशीलता र व्यक्तिको लोकप्रियताका आधारमा उम्मेदवारको छनोट गरिने सो पार्टीले जनाएको छ । यसअघि अध्यक्ष लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन कमिटीसमेत गठन गरिएको थियो ।
त्यसैगरी निर्वाचनका लागि घोषणपत्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थालगायतका सैद्धान्तिक पक्ष, आर्थिक, सुरक्षा, परराष्ट्र नीतिलगायत विषयलाई उक्त घोषणापत्रमा समेटिएको नेता सुन्दर पाण्डेले जानकारी दिए ।
निर्वाचनका लागि देशभर विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको उक्त पार्टीको विधानमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक तीन महिनामा एकपटक बस्नुपर्ने, केन्द्रीय कार्यसमितिलगायत अन्य तहका बैठक वर्षमा एकपटक बस्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुद बोर्डका सदस्य सचिवलाई अर्को स्पष्टीकरण
-
गण्डकीमा माओवादीले मन्त्री दिन सकेन, भागबण्डामा अझै किचलो
-
मदिरा सेवन गरेर आफ्नै घरमा आगो लगाउने सिंह पक्राउ
-
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
-
राजनीतिक नेतृत्वले राज्यप्रति जनविश्वास बढ्ने काम गर्नुपर्छ : सांसद गुरुङ
-
राजधानीमा ‘खजुरे ब्रो’ प्रिमिएर