वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदको विज्ञ सदस्यमा रेग्मी नियुक्त
मङ्गलबार, २८ भदौ २०७९, १४ : ३६
सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदलाई पूर्णता दिएको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ ।
परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको गठन गरेका हुन् । जसअनुसार परिषदको विज्ञ सदस्यमा डा. बिमल रेग्मी नियुक्त भएका हुन् । जलवायु परिवर्तन तथा अनुकूलनमा विद्यावारिधि गरेका रेग्मीले दुई दशक भन्दा बढी समय जलवायु परिवर्तन, जैविक विविधतामा काम गर्दै आएका छन् ।
हाल उनले अक्सफोर्ड पोलिसि म्यानेजमेन्ट नेपाल मार्फत सरकारलाई जलवायु परिवर्तन तथा अनुकूलनका नीतिगत सुधारमा काम गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी