बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

हिमालयन रि इन्स्योरेन्सले कमायो एक वर्षमा २७ करोड ८२ लाख नाफा

मङ्गलबार, २८ भदौ २०७९, १४ : ०१
मङ्गलबार, २८ भदौ २०७९

हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गएको वर्ष २७ करोड ८२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा कुल २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो तीन महिनामा ८ करोड १७ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा कुल ८२ करोड ७६ लाख ४५ हजार रुपैयाँ आम्दानी गर्दा ८६ करोड ४२ लाख रुपैयाँ खर्च गरेको थियो । जतिबेला नाफा नोक्सान ब्यालेन्स सिटमा कम्पनीलाई ३ करोड ६५ लाख ५५ हजार घाटा लागेको थियो । यद्यपि कम्पनीले लगानी, कर्जा तथा अन्य सेवाहरूबाट ५३ करोड कमाएपछि पौने २८ करोड नाफा आर्जन गरेको थियो ।

बीमा समितिको तथ्याङ्क अनुसार कम्पनीले २०७९ असार मसान्तसम्ममा ७ अर्ब ४४ करोड ४० लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ । यसमध्ये कम्पनीले ६ अर्ब ८५ करोड ५० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरेको छ । कुल लगानी रकमको ९२ प्रतिशत रकम मुद्दती निक्षेपमा लगानी गरेकाले कम्पनीको आम्दानीको स्रोत सबै ब्याजमा नै निर्भर रहेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप