चाेलेन्द्रले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि सिफारिस समितिले बोलाउने

महाभियोग सिफारिस समितिले बयानका क्रममा सर्वोच्च अदालतका निलम्बित प्रधान न्यायाधीश चाेलेन्द्र शमशेर राणाले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने भएको छ । मंगलबार भएको सिफारिस समितिको बैठकमा यसबारे छलफल भएको हो । राणाले बयानका क्रममा नेपाल बारका पूर्व पदाधिकारीदेखि सत्ता गठबन्धनका सांसद समेतका नाम लिएका थिए ।
मंगलबारकाे समितिको बैठकमा सडक जामकाे कारण देखाउँदै राणा उपस्थित भएका छैनन् । बैठकमा उपस्थित समिति सदस्यहरू समितिको बैठकमा पत्रकारलाई पहुँच दिने कि नदिने भन्ने बारेमा छलफल गरिरहेका छन् । समिति बैठकको लाइभ गर्नुपर्ने पक्षमा एमाले रहेको छ भने माओवादी केन्द्रका सांसदले त्यसको विरोध गरेका छन् । छलफलमा एमाले सांसद विष्णु पौडेलले बैठक लाइभ गर्न र पत्रकारलाई पहुँच दिन माग गरेका थिए । यता माओवादी सांसद यशोदा गुरुङले भने माओवादी बैठकको लाइभ गर्ने विषयमा विपक्षमा रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख