बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चिनियाँ नेता लीको उच्चस्तरीय भेटवार्ता, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २८ भदौ २०७९, १२ : १३
मङ्गलबार, २८ भदौ २०७९

सोमबार नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् । सोमबार नेपाल आएलगत्तै सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका लीले मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासँग भेटवार्ता गरेका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो । यस्तै ली र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको हो।

भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागिता थियो । ओलीसँगको भेटवार्तापछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता पनि नयाँ बानेश्वरमै भेटवार्ता गरेका छन् । 

 लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप