युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार मानिस विस्थापित
मङ्गलबार, २८ भदौ २०७९, १२ : ११
युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरू विस्थापित भएको पुनर्मिलन मन्त्रालयले सोमबार जनाएको छ ।
विशेषगरी अनिवार्य रुपमा विस्थापित गराउन पर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरुलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ । यसका साथै दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई किभ नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।
युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले अनिवार्य निकासीलाई अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्तार गर्न सकिने बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरो पीडितको उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न मानव अधिकार आयोगको आग्रह
-
फोक्सिङटार पुल : १० वर्षपछि बन्यो, दुई वर्ष नपुग्दै बाढीले बगायो
-
पृथ्वी राजमार्गको गजुरी क्षेत्रमा राति सवारी आवागमनमा रोक
-
मनसुनजन्य विपद् : राहत प्रभावकारी बनाउन गृह मन्त्रालयले खटायो ८ जना सहसचिव
-
गढीमाई मेला व्यवस्थापन समिति गठन
-
इजरायलले पठायो केयरगिभरका लागि लक्की ड्र मार्फत छनौट भएका २११२ जनाको सूची