बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै

मङ्गलबार, २८ भदौ २०७९, ११ : ३४
मङ्गलबार, २८ भदौ २०७९

नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १० अर्बको ट्रेजरी बिक्री गर्ने भएको हो । सार्वजनिक बोलकबोलमार्फत दुई किसिमको बिल बिक्री गर्न लागेको बैंकले समान ५÷५ अर्ब रुपैयाँ छुट्याएको छ । 

यसअघि बैंकले भदौ २० गते ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । जसमा न्यूनतम ८.८३९९ प्रतिशत र अधिकतममा ९.२००० प्रतिशतमा ९.०५९० प्रतिशतको कटअफ ब्याजदरमा बैंकले ट्रेजरी बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप