एनआईसी एशिया बैंकका ग्राहकले दराजमार्फत किनमेल गर्दा २५ सयसम्म छुट पाउने
मङ्गलबार, २८ भदौ २०७९, ११ : २८
![एनआईसी एशिया बैंकका ग्राहकले दराजमार्फत किनमेल गर्दा २५ सयसम्म छुट पाउने](https://rpcdn.ratopati.com/media/albums/daraz_dashain_dhamaka_UeSuePLjAu.jpg)
एनआईसी एशिया बैंकले दशैंको उपलक्ष्यमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ ।
भाद्र २९ देखि आगामी असोज ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रू.२ हजार सम्मको छुट उपलब्ध हुनेछ । त्यसैगरी क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा रू.२ हजार ५ सय सम्मको छुट उपलब्ध हुनेछ ।
चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।
बैकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङको राजुपुर गाउँपालिकाबाट एसईईमा एक जना उत्तीर्ण
-
सबै असहमति हल गरेर नयाँ नेतृत्व चयन गर्छौँ : महासचिव भुसाल
-
मिश्रित ऊर्जाको प्रवर्द्धनमा जोड
-
सुमदरानी थारुको हत्यामा संलग्न आरोपमा शैलेन्द्र चौधरी पक्राउ
-
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ‘करिडोर’ अवरुद्ध
-
पहिरोको कहर, शनिबार मात्र ९ जनाको मृत्यु