बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

स्पेनका पूर्वराजा कार्लोस बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुने

मङ्गलबार, २८ भदौ २०७९, १० : ०७
मङ्गलबार, २८ भदौ २०७९

स्पेनका पूर्वराजा जुआन कार्लोेसले रानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने भएका छन् ।  जुआन कार्लोस र उनकी श्रीमतीले सेप्टेम्बर १९ मा महारानीको अन्त्येष्टिमा उपस्थित हुने भएका हुन् । 

अभियोजकहरूले स्पेन र स्विट्जरल्याण्डमा ठगीको आरोपहरू खोज्न थालेपछि पूर्वराजा कार्लोसले अगस्ट २०२० मा स्पेन छोडेर अबुधाबीमा बस्न थालेका थिए । अपर्याप्त प्रमाणका कारण अनुसन्धान खारेज गरिएको थियो । जुआन कार्लोसले आफूमाथि लगाइएका आरोपमा टिप्पणी गर्न अस्वीकार गर्दैै आएका छन् ।

महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको निधनमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले समवेदना प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप