मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

उपमहानगरका कर्मचारीलाई गुणस्तरीय सरसफाइ तालिम

मङ्गलबार, २८ भदौ २०७९, ०९ : ५४
मङ्गलबार, २८ भदौ २०७९

धनगढी उपमहानगरपालिकाका सरसफाइ कर्मचारीलाई नगरको गुणस्तरीय सरसफाइसम्बन्धी तालिम प्रदान गरिएको छ । नेपालमा सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्दै आएको खेम्स क्वालिटीद्वारा उपमहानगरपालिका कार्यालयका ४१ र धनगढी विमानस्थलमा कार्यरत छ जना सरसफाइकर्मीलाई गुणस्तरीय सरसफाइसम्बन्धी १० दिने तालिम प्रदान नगरिएको हो ।

उक्त तालिमका सहभागीलाई उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र खेम्स क्लालिटीका प्रबन्ध निर्देशक खेम शर्माले सोमबार महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उपमहानगर प्रमुख हमालले सरसफाइका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेको खेम्स क्वालिटीबाट १० दिनसम्म आर्जन गरेको सीपलाई आफ्नो काममा प्रयोग गरी महानगरलाई सफा पार्ने अभियानमा लागि पर्न सरसफाइकर्मीलाई आग्रह गरे । उनले उपमहानगरका कर्मचारी नगर सफाइका क्षेत्रका उदाहरणीय भएर काम गर्नुपर्ने भन्दै काममा आधारमा कर्मचारीको मूल्याङ्कन गरिने बताए । 

खेम्स क्वालिटीका खेम शर्माले तालिमबाट सिकेको अनुभवलाई व्यवहारिक रूपमा आफूले आफ्ना काममा उपयोग गर्नेछु भनी सहभागीलाई शपथ गराउँदै आफ्ना कामका बारेमा सुनेर आफूलाई महानगरका कर्मचारीलाई तालिम दिने कामका लागि आमन्त्रण गरेकोमा प्रमुख हमलालाई धन्यवाद दिए ।

गैरआवासीय नेपाली सङ्घका सरसफाइ अभियन्ता शर्माले नेपालमा सरसफाइसम्बन्धी तालिमको अभाव मात्र नभएर सरसफाइमा प्रयोग हुने उचित औजार र आवश्यक गुणस्तरीय सामानको पनि अभाव रहेको बताउँदै सरसफाइका कामको समय–समयमा अनुगमन हुनुपर्ने सुझाव दिए।

सो तालिममा सहभागी सरसफाइकर्मी जशोदा राना र सीता रानाले आफूहरूले सरसफाइ गर्दा अपनाउनुपर्ने तारिका, प्रयोग गरिने सामग्री र निर्मलीकरण गर्ने तरिका राम्रोसँग सिकेको र अब त्यसलाई व्यवहारिक प्रयोगमा ल्याइने बताइन् । खेम्स क्वालिटीले यही सरसफाइ अभियानअन्तर्गत यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक विमानस्थल, पशुपतिनाथ मन्दिर परिसर, नागरिक उड्डयन प्राधिकरणका सरसफाइसम्बन्धी कर्मचारीलाई तालिम दिएको र धुलिखेल अस्पतालमा जारी रहेको जनाएको छ । यस अभियानमार्फत यस वर्षमात्र चार सय ५० सफाइकर्मीलाई तालिम दिइएको सो संस्थाले जनाएको छ ।  

नेपालमा व्यावसायिक सरसफाइसम्बन्धी आवश्यक तालिमको अभाव हुँदा फोहोरको उचित व्यवस्थापन हुन सकिरहेको छैन र यसको नकारात्मक असर मुलुकको पर्यटन उद्योगमा प्रत्यक्षरूपमा परेको छ । खेम्स क्वालिटीले सरसफाइको विषयलाई शिक्षासँग जोडेर अभियान सञ्चालन गरिरहेकाले आगामी दिनमा यस विषयले प्राथमिकता पाउने शिक्षाविद् एवं अर्का सफाइ अभियन्ता खेम लाकाइले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप