आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तरुण दल काभ्रेको जिम्मेवारी सुजनलाई

मङ्गलबार, २८ भदौ २०७९, ०९ : २९
मङ्गलबार, २८ भदौ २०७९

नेपाल तरुण दल काभ्रेको कार्यवाहक सभापतिको जिम्मेवारी भुम्लुका सुजन लामाले पाएका छन् । गृहमन्त्री तथा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको भेलाले लामालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको हो ।

लामा यसअघि वाग्मती प्रदेश तरुण विभागको सदस्य समेत थिए । तरुण दल काभ्रेका सभापति दावा लामा स्थानीय तहको निर्वाचनमा भुम्लु गाउँपालिकाको उपाध्यक्ष बनेका छन् । कांग्रेस महासमिति सदस्य दावा लामाले सुजनलाई दिएका हुन् ।


मंसिर ४ गते हुने गरी घोषणा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समेतलाई लक्षित गरेर कांग्रेसले भातृ संगठन विस्तार र संगठन सदृढिकरणलाई जोड दिएको कांग्रेस काभ्रेले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप