बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

यु-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्ने

मङ्गलबार, २८ भदौ २०७९, ०७ : ३०
मङ्गलबार, २८ भदौ २०७९

श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंकामाथि ६–० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ ।

कोलम्बोमा नेपाली टिमलाई जित दिलाउन हरिस भट्ट, प्रशान्त लक्षमण, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान एक गोल गरे ।

खेलको २१औं मिनेटमा कप्तान प्रशान्तको गोलबाट नेपालले अग्रता बनाएका थियो । त्यसको अर्को मिनेटमा नै हरिसले नेपालको अग्रता दोब्बर पारे । यस्तै, ३० औं मिनेटमा सुवास बमले नेपालको अग्रतालाई ३–० मा पुर्याए । ३७ औं मिनेटमा निरोज कार्कीले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाए । पहिलो हाफमा ४–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा दुई गोल थप्यो ।

नेपालका युनेशले ५१ औं मिनटमा गोल गर्दै टिमको अग्रतालाई ५–० मा पुर्याए । यस्तै, खेलको अन्तिम मिनेटमा सिजल राईले गोल गरेपछि नेपालले ६–० को जित निश्चित गर्यो ।
 
नेपालले बुधबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।  पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ ले पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप