बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको ७२ लाखसहित एक युवक पक्राउ

मङ्गलबार, २८ भदौ २०७९, ०७ : २३
मङ्गलबार, २८ भदौ २०७९

रुपन्देहीको सीमा क्षेत्र सुनौलीबाट स्रोत नखुलेको ७२ लाख रकमसहित भैरहवाका एक युवक पक्राउ परेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार पक्राउ परेका हुन् । 

सुनारको साथबाट नगद नेपाली रुपैया ७२ लाख ८० हजार बरामद गरिएको सुनौली प्रहरी चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले जानकारी दिए  । सोमबार नेपाली गाडीमा नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा स्रोत नखुलेको नगद सहित सुनार पक्राउ परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप