साफ यू–१७ : श्रीलंकामाथि फराकिलो जित निकाल्दै नेपाल फाइनलमा
नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा पुगेको हो । कोलम्बोमा सोमबार राति भएको खेलमा नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्क्षम, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे ।
खेलको २२ औं मिनेटमा प्रशान्तले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । खेलको २३ औं मिनेटमा हरिसले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । खेलको ३१ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–० गोलको अग्रता दिलाए । निरोजले खेलको ३८ औं मिनेटमा नेपालका लागि चौथो गोल गरे ।
खेलको ५१ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई जिततर्फ लिए । खेलको ९० औं मिनेटमा सिजलले गोल गर्दै नेपाललाई ६–० को जित दिलाए । अब नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा
-
मानव तस्करी प्रकरणमा लिलाबल्लभलाई उन्मुक्ति
-
सिंहदरबारमा बीआरआईको बहस : कांग्रेसले फरक मत राख्दा कार्यान्वयनको पक्षमा बहुमत