सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुद पत्रकार गौतम र राई सम्मानित

सोमबार, २७ भदौ २०७९, २१ : १०
सोमबार, २७ भदौ २०७९

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)  खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित भएका छन् । एनएसजेएफले २७ औं स्थापना दिवसको अवसरमा उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी  (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।

खेल पत्रकारिता अवार्डस्वरूप गौतमलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने स्व.सुमन भोम्जन युवा खेलकुद पत्रकारिता अवार्डबाट पुरस्कृत राईलाई ल्यापटप प्रदान गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुद पत्रकारितामा एनएसजेएफको भूमिका अहम रहेको बताएका छन्।   उनले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको भन्दै प्रशंसा समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप