बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रियलमी नाइनआई फाइभजी नेपाली बजारमा

सोमबार, २७ भदौ २०७९, २० : ४७
सोमबार, २७ भदौ २०७९

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नाइनआई फाइभजी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ गिगाहर्जको गतिमा सञ्चालन हुने अक्टा–कोर सीपीयू रहेको छ । यसमा फाइभजी नेटवर्कको डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।

५००० एमएएच को शक्तिशाली ब्याट्री भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यसमा सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरासहितको ५० एमपिको एआई  ट्रिपल क्यामरा रहेको छ । यसको साथै यसमा भएको डाइनामिक र्‍याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबीसम्म भर्चुअल र्‍याम थप्न मिल्छ । यसको मूल्य २९ हजार ९९९ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप