२३ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा
सोमबार, २७ भदौ २०७९, २० : १०
स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज २३ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका २१ जना र सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २ जना गरी २३ जना विद्यार्थी चालक कारबाहीमा परेका हुन् ।
त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २ सय ६४ ओटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन् । जसअन्तर्गत बिहानै मापसे गरी पर्यटक बोक्ने माईक्रोबस चलाउने चालक १ जना र मोटरसाइकल चलाउने २ जना पनि कारबाहीमा परेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५१९ जना इन्स्पेक्टरहरूको सरुवा, को कहाँ पुगे?
-
पञ्जाब र बैंगलुरु भिड्दै : हार्ने टोलीको प्लेअफ खेल्ने सम्भावना समाप्त
-
गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी
-
खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
-
कस्तो बन्नुपर्छ आगामी वर्षको बजेट ?
-
थाइल्याण्डमा गाँजाको प्रयोगमा फेरि प्रतिबन्ध लगाउने तयारी