शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

केन्द्र सरकारसँगको सहकार्यमा ताप्लीमा पुग्यो बिजुली

सोमबार, २७ भदौ २०७९, २० : ०८
सोमबार, २७ भदौ २०७९

उदयपुरको उत्तरपश्चिमी पहाडी गाउँपालिका ताप्ली गाउँपालिकामा पहिलो पटक बिजुली पुगेको छ । गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रशारणको विद्युत् जोडिएको हो । 

गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले गाउँपालिकामा विद्युत् पु¥याउन सफल भएको बताए । “गाउँपालिकाको कुमलटार, कपसटार, मादले, ठानागाउँका केही घरमा बिजुली बाल्यौँ”, विश्वकर्माले भने, “अहिले गाउँपालिकाका दुई सय परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेका छौँ ।” उनका अनुसार गाउँपालिकाका–५ वटै वडामा बिजुली पु¥यााउने गरी काम भइरहेको छ । गाउँपालिकाले उज्यालो अभियानअन्र्तगत गाउँपालिकाका सबैलाई निःशुल्क विद्युत् मिटर वितरण गर्ने तयारी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाले कटारी नगरपालिका–९ स्थित लिम्पाटारबाट ताप्लीमा बिजुलीको केन्द्रीय प्रशारणलाइन जोडेको हो । गाउँपालिकाकी उपाध्यक्ष धनम मगरले निर्वाचनका समयमा नगरवासीलाई बिजुली बाल्छौँ भन्ने प्रतिबद्धता जनाएअनुसार काम गरेका कारण बिजुली बालिएको हो । “सय दिनमा बिजुली बाल्छौँ भनेका थियौँ  । उनान्न सय दिनमा बिजुली परीक्षण ग¥यौँ ।” उनले भने, “पहिलो काम नै बिजुली बाल्ने गरी अघि बढेका थियौँ ।”

गाउँपालिकाले केन्द्र सरकारसँगको सहकार्यमा गाउँपालिकामा बिजुली पु¥याएको हो । “राष्ट्रिय बजेटबाट नै यहाँ बिजुली बाल्न सुरु गरेका छौँ ।” गाउँपालिकाका अध्यक्ष विश्वकर्माले भने, “केन्द्रीय बजेटबाट नै गाउँपालिकाभरी बिजुली बल्नेछ ।” निर्वाचित भएपछि केन्द्र सरकारका प्रतिनिधिसँग भेटघाट गरेर पहल थालेपछि काम छिटो भएको छ । 

गाउँमा बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । यसअघि स्थानीय यारी खोलाबाट लघु जलविद्युत् आयोजनाबाट गाउँपालिकाको केन्द्र आसपास बिजुली बाले पनि त्यो दिगो थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप