मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मस्टा ग्रुपको क्रेडिट रेटिंग सम्पन्न

सोमबार, २७ भदौ २०७९, १८ : ४७
सोमबार, २७ भदौ २०७९

मस्टा ग्रुपले बैंकिङ् कारोबारलाई व्यवस्थित गर्न तथा राष्ट्र बैंकले जारी गरेको निर्देशन अन्तर्गत रहेर इन्फोमेरिक्स क्रेडिट रेटिंगम नेपाल लिमिटेडबाट १ अर्ब २७ करोड ५६ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाको लागि रेटिंग पाएको छ । संस्थाले अल्पकालीन कर्जाको लागि आइआरएन ए फोर रेटिंग पाएको छ भने दीर्घकालीन कर्जाको लागि आइजाराएन डबल वि रेटिंग पाएको हो । 

छोटो समयमा नै नेपालको खाद्यान्न आयात तथा विक्रि वितरणमा अग्रणी संस्थाको रुपमा  सफल भएको संस्थाले जनाएको छ  । देशभर आफ्नो व्यापार विस्तार गर्ने संस्थाले जनाएको छ । संस्थाले खाद्यान्नका चामल, तेल, दाल, गेडागुडी, मैदा, मकै, गहुँ, चिनी तथा अन्य खाद्य सामाग्रीको आयात तथा विक्रि वितरण गर्दै आएको छ । संस्थाको आफ्नै ब्राण्डमा रहेको रोयल भोग जिरा मसिनो चामल र सुशील वनस्पति प्रा लि ले उत्पादन गरेको राजहॅस तेललाई बजार विक्रि वितरण गर्दै आएको छ । संस्थाले गत आव २०७८/७९ मा २ अर्बभन्दा बढीको कारोबार गरेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप