शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा डा. केसीले सुरु गरे सत्याग्रह, बोल्दाबोल्दै भक्कानिए

सोमबार, २७ भदौ २०७९, १८ : ३१
सोमबार, २७ भदौ २०७९

सत्यााग्राही प्रा. डाक्टर गोविन्द केसीले धनगढीमा सोमबार साँझ सत्याग्रह सुरु गरेका छन् । उनले सोमबार साँझ साढे ५ बजेदेखि धनगढी एलएन चोकस्थित कृष्ण मन्दिरको गीता सत्सङ्ग भवनमा आफ्नो २० औं पटकको सत्याग्रह सुरु गरेका हुन् ।

सत्याग्राह सुरु गर्नु अघि पत्रकारहरुसँग कुरा गर्दै उनले विगतका सरकारले झै अहिलेको सरकारले पनि आफ्नो मागलाई बेवास्ता गरेको बताए । बाध्य भएर आफूले सत्यागाहको बाटो रोज्नुपरेको उनको भनाइ थियो ।
उनले भने, ‘शीर्ष नेताहरु चाहे ओली भनौं, चाहे देउवा भनौं, चाहे प्रचण्ड, गरिबले तिरेका करबाट उपचार गराउन विदेश जाने तर उनीहरुलाई भोट दिइ नेता बनाउने गरिब नागरिकहरु उपचार नपाइ मर्नुपर्ने ? गरिबको बाँच्ने अधिकार छैन, यो अवस्थामा म मरे मर्छु । एक जना मर्दैमा के हुन्छ ? आमनागरिकहरु त्यतिकै मरिरहेका छन् ।’

यति बोलेपछि उनी भक्कालिएका थिए । केही बेरपछि पुनः उनले भने, ‘म आफ्नो नैतिकलाई ठूलो मान्छु । त्यसैले मैले अहिलेसम्म आफ्नो सत्याग्रहको गरिमा गिर्न दिएको छैन । धेरै मान्छेले आफ्नो इच्छाले फालानो यो गर्छ, उ गर्छ भन्छन् । त्यसैले यो हलमा सीसीटिभी क्यामेरा लगाइदिन अनुरोध गर्छु । किनकि उनीहरुले (जिम्मेवार मान्छेले) हेर्न पाउँथे । उनीहरुले भनेको कुरा साँचो हो, गलत हो, पब्लिकले थाहा पाउँथे ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप