श्रीलंकाविरुद्ध नेपाललाई पहिलो हाफमा ४-० गोलको अग्रता
सोमबार, २७ भदौ २०७९, १८ : २६
रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाहीको गोलमा नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफ सकिँदा श्रीलंकाविरुद्ध ४-० गोलको अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १०औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् । त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन । उनले पुनम जर्घा मगरको पासमा गोल गरेकी हुन् ।
नेपालले १७ औं मिनेटमा अमृताले गोल गर्दै नेपाललाई ३(० को दिलाइन । पहिलो हाफको इन्ज्युरी समयमा दिपा शाहीले गोल गर्दा नेपालले पहिलो हाफमा ४(० गोलको अग्रता दिलायो । नेपाल आजको खेलमा सहज जित निकाल्दै समूह विजेता भएर फाइनलमा पुग्ने योजनामा छ । यता श्रीलंका पनि प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा