शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

सोमबार, २७ भदौ २०७९, १८ : १९
सोमबार, २७ भदौ २०७९

प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच सोमबार जंगी अड्डास्थित   भेटवार्ता भएको छ । राजदूत बेरीले आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटवार्ता भएको नेपाली सेनाले जानकारी दिएको छ ।

उक्त भेटवार्तामा प्रधानसेनापति शर्माले राजदूत बेरीले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना समेत दिएका थिए । यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप