शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्न उपाध्यक्ष नेम्वाङको माग

सोमबार, २७ भदौ २०७९, १७ : ५७
सोमबार, २७ भदौ २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले ‘प्रधानमन्त्री र मन्त्रीहरुले निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने’ भनि जारी गरिएको निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्न निर्वाचन आयोगसँग माग गरेका छन् । संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख समेत रहेका एमाले उपाध्यक्ष नेम्वाङले आफ्नो दलको सुझाव विपरित निर्वाचन आचारसंहितामा सो प्रावधान राखिएको भन्दै त्यसको पूर्ण रुपमा पालना गराउने काम निर्वाचन आयोगले गर्नुपर्ने बताएका हुन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले संसदीय प्रणालीको मूल्य र मान्यता विपरित हुनेगरी निर्वाचन आचारसंहितामा सो कुरा निर्वाचन आयोगले उल्लेख गरेकोमा आफ्नो दलको असहमति भएपनि छापेर आएपछि त्यसलाई कार्यान्वयनै गराउनैपर्ने अडान रहेको स्पष्ट पारे । उपाध्यक्ष नेम्वाङले निर्वाचनमा उठेका उम्मेदवारहरूले घरदैलो गर्ने कार्यक्रमको पनि मिति तोकेर निर्वाचन आयोगले अव्यवहारिक काम गरेको भन्दै पुनर्विचार गर्न पनि ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप