एउटै क्षेत्रमा दोहोरो तेहेरो दाबी छ : सञ्चारमन्त्री कार्की
सोमबार, २७ भदौ २०७९, १० : ००
सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनमा सिट बाँडफाँटमा सबै दल लचिलो हुनुको विकल्प नभएको बताएका छन् । बालुवाटारमा सोमबार बिहानदेखि जारी गठबन्धनको बैठकका बीचमा कार्कीले छलफल सकारात्मक भएको बताए ।
कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलका सदस्य समेत रहेका कार्कीले दलहरूको अडानमाथि सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताए ।
‘छलफल सकारात्मक छ । सबै लचिलो हुनुको विकल्प छैन । तथापि दलहरूको आ–आफ्नो अडान छ । ती अडानमा हामी सुक्ष्म ढंगले विश्लेषण गर्दै अगाडि बढिरहेका छौं,’ उनले भने । दोहोरो तेहेरो दाबी भएका निर्वाचन क्षेत्रमा गठबन्धनबाट एउटा उम्मेदवार बनाउने गरी दुई पक्षीय, त्रिपक्षीय र सामूहिक छलफल भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा