भदौ २८ मा युवा उद्यमशीलता शिखर सम्मेलन
सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौ २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको विशेष उपस्थितिमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरे बीच टाइटल स्पोन्सरका लागि बिहीवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
‘आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मुल नाराका साथ आयोजित सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसँग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । समझदारी समारोहमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ५७ बर्ष पहिला स्थापना भएको बाणिज्य बैंक युवाहरुलाई उद्यमी बनाउन आवश्यक बीउ पुँजी, तालिम र यस्ता खाले सम्मेलनमा सधै साथमा रहने प्रतिवद्धता ब्यक्त गरे ।
पहिलो शिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउँदै यो सम्मेलनले देशभरका युवाहरूमा वित्तीय साक्षरता,बैकिङ पहुँच अभिबृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने विश्वास ब्यक्त गरे । त्यसैगरी सम्मेलन मुल आयोजक समितिका संयोजक गैरेले युवा उद्यमका लागि सरकारको कानुन, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्न यो सम्मेलनले सहजीकरण गर्ने बताए । युवा उद्यमशीलताका लागि वातावरण बनाउँदै स्टार्टअपहरुको संख्यात्मक र गुणात्मक सहभागिताका लागि सम्मेलन आयोजना गरिएको उनको भनाई छ ।
७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिव ५ सय जना युवा सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान,समूहगत छलफल, नेटवर्किङ, सफल युवा उद्यमीहरुको प्रस्तुतिसहितको अवार्ड वितरण, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरिङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् । सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत साझेदार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की