सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ

सोमबार, २७ भदौ २०७९, १६ : ५८
सोमबार, २७ भदौ २०७९

नेपाल–भारत सीमा सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परेका छन् ।   भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित भैरहवाका एक युवा पक्राउ परेका हुन् ।

सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारको साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेको सुनौली पुलिस चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले बताए ।

स्रोत नखुलेको नगदसहित पक्राउ परेको सुनारलाई नियन्त्रणमा लिई भारतीय कस्टम, सुरक्षा निकायका अधिकारीहरूले सोधपुछ गरिरहेका छन् । उक्त नगद के प्रयोजनको लागि हो भन्ने खुलेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप