बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

७ दिनमा ८ अर्बले बढ्यो निक्षेप, बैंकहरुले कर्जा लगानी बढाउन थाले

सोमबार, २७ भदौ २०७९, २३ : ०७
सोमबार, २७ भदौ २०७९

पछिल्लो साता बैंकहरुमा ८ अर्बले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार भदौ १७ गतेदेखि २४ गतेसम्म २६ वटा वाणिज्य बैंकहरुले ८ अर्बले निक्षेप बढाउँदै ४४ खर्ब ४५ अर्ब रुपैयाँ संकलन गरेका हुन् ।  यस्तो निक्षेप अघिल्लो साता अर्थात् भदौ १० गतेदेखि १७ गतेसम्म ११ अर्बले बढाउँदै बैंकहरुले ४४ खर्ब ३७ अर्ब संकलन गरेका थिए । संघको तथ्याङ्क हेर्दा पछिल्लो दुई सातामा मात्र बैंकहरुमा १९ अर्बले तरलता बढेको छ । 

त्यसो त पछिल्लो समय बैंकिङ च्यानलमा तरलता बढेसँगै बैंकहरुले कर्जा लगानी समेत बढाएका छन् । अघिल्लो हप्ता अर्थात् भदौ १० गतेसम्म जम्मा एक अर्बले मात्र कर्जा लगानी बढाउँदै ४१ खर्ब ८१ अर्ब लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता अर्थात् भदौ १७ गतेदेखि २४ गतेसम्म थप ७ अर्बले लगानी बढाउँदै कुल ४१ खर्ब ८८ अर्ब कर्जा प्रवाह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप