शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सत्याग्रहका लागि डा. गोविन्द केसी धनगढीमा

सोमबार, २७ भदौ २०७९, १६ : २३
सोमबार, २७ भदौ २०७९

सत्याग्रहका लागि चिकित्सा शिक्षा अभियन्ता प्रा.डाक्टर गोविन्द केसी धनगढी पुगेका छन् । आजै साँझदेखि सत्याग्रह थाल्ने उनले जनाएका छन् । 

उनको यो २० औं अनसन हो । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) सम्मको अल्टिमेटम दिएका थिए । पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले म सत्याग्रहको तयारीमा छु ।’ धनगढी विमानस्थलबाट जिल्ला समन्वय समिति कैलाली पुगेका उनले सुरक्षाको कारण स्थान भने तय नभएको बताए ।  डा। केसीले आफूले राखेका माग र समाधानको खाका समेत सरकारलाई बुझाइसकेको दाबी गरे ।

के छन् केसीका माग ?

१० स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस् ।

२० जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरियोस् । ३० संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस् ।

४० सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस् । ५० स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस् ।

६० देशभर दिगो स्वास्थ्य सेवा पु¥याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप