शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कांग्रेसले मेरो अवमूल्यन गरेकै कारण एमालेमा आएँ : यादव

सोमबार, २७ भदौ २०७९, १६ : १७
सोमबार, २७ भदौ २०७९

नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका सन्तोष यादवले कांग्रेसले आफूलाई अवमूल्यन गरेका कारण पार्टी परित्याग गर्नुपरेको बताएका छन् ।

जनकपुरको तिरहुतिया गाछीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस धनुषाका पूर्व सचिवसमेत रहेका उनले नेपाली कांग्रेसले गुटबन्दी गर्नेहरुको मात्रै मूल्याङ्कन गर्ने गरेको आरोप लगाए । 

उनले सत्तारुढ गठबन्धन विचार बेगर स्वार्थी गठबन्धनमा सीमित भएको बताए । उनले नेकपा एमाले मुलुकमा लोकप्रिय पार्टी रहेको बताए ।
‘नेपाली कांग्रेसले सिटसमेत बेचबिखन गर्न लागेको छ, पैसाको लोभमा शीर्ष नेताहरुले टिकट बेचेर पुरानो नेता कार्याकर्तालाई पाखा लगाउने काम गरे,’ उनले भने, ‘त्यसैले मैले कांग्रेस पार्टी परित्याग गरेको हुँ ।’

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप