चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपालमा, तस्बिरहरू हेर्नुहोस्
सोमबार, २७ भदौ २०७९, १६ : ०४
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोली काठमाडौँ आइपुगेको छ । ६७ जनाको टोलीसहित ली नेतृत्वको टोली सोमबार अपराह्न विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लीलाई सभामुख अग्निप्रसाद सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । लीले नेपाली समकक्षी अग्नि सापकोटासँग अपराह्न ५ बजे संसद् भवनमा भेटवार्ता र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि आजै उनको सम्मानमा सोल्टी होटलमा डिनर राखिएको छ । नेपाल भ्रमणका क्रममा लीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै