आमाको काजकिरियाको ऋण तिर्न मिर्गौला बेचेका मुरली आफैं बने तस्कर
नुवाकोटको शिवपुरी गाउँपालिका–७ घर भएका मुरली दमाई आफ्नो मिर्गौला बेच्न बाध्य भए । १५ वर्षअघि आमाको काजकिरिया गर्दा लिएको साहुको ऋण तिर्न नसकेपछि उनले मिर्गाैला बेचेका हुन् ।
४६ वर्षका मुरलीलाई गाउँमा ‘बाँदरे’ भन्थे । तिनै बाँदरे अहिले मृगौला तस्करको आरोपमा जेलमा छन् । भदौ १७ मा जिल्ला अदालत काठमाडौंले मुरलीसहित नुवाकोट घर भएका ४ जनालाई मिर्गौैला बेचविखन गरेको आरोपमा पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको छ । ऋणबाट मुक्ति खोज्दै १५ वर्षअघि मिर्गौला बेच्न उनी भारत पुगेका थिए । पछिल्लो समय मुरलीले पहिला आफैंले बेचेको विधी अपनाएर मिर्गौला तस्करी गर्न थालेको अनुसन्धानबाट पुष्टि भएको मानव बेचविखन तथा अनुसन्धान ब्यूरोका एसपी दान बहादुर मल्लले रातोपाटीलाई बताए ।
मिर्गौला बेचविखन गर्ने मुरलीको समुहका ४ जनालाई ब्यूरोले साउन २१ मा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मुरली दमाई, नुवाकोटको शिवपुरी गाउँपालिका–७ घर भएका ३० वर्षीय राजु नेपाली, शिवपुरी–६ का २६ वर्षीय राजेश परियार र शिवपुरी–६ कै ३० वर्षीय सुवास नेपाली उर्फ सानु छन् । चारैजना एउटै गाउँका हुन् । नुवाकोट सुनखानीका चारै जनालाई अदालतको आदेश अनुसार केन्द्रीय कारागारमा थुनामा राखिएको एसपी मल्लले जानकारी दिए ।
मःम पसलमा जागिर लगाउने प्रलोभनमा तस्करी
२०७८ वैशाखमा मुरलीले एकजना २५ वर्षका युवकलाई नुवाकोटको छहरे गाउँमा बोलाए । ब्रतबन्धमा बाजा बजाउन भनेर मुरलिले अर्का आरोपी राजेश परियारको मोबाइल नम्बरबाट फोन गरेका थिए । त्यसपछि, पटक–पटक फोन र भेट गरेर मुरलिले ति युवकलाई भारतस्थित ‘मःम पसलमा ३० हजार तलव आउने जागिर लगाइदिन्छु’ भनेर राजु र राजेश नेपालीको साथ लगाएर काठमाडौं पठाए ।
सुवास नेपाली उर्फ सानु सामाखुसीमा थिए । युवकलाई सुवाससँग भेटाएपछि मेडिकल जाँच गराए । त्यसपछि अपरिचित दुईजनाको साथ लगाएर उनलाई काँकडभिट्टा हुँदै कलकत्ताको मुकुन्दपुरस्थित रबिन्द्र्रनाथ टेगोर अस्पतालमा लगेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।
‘अस्पतालमा मिर्गौला दिन इन्कार गर्दा इन्जेक्सन दिएर अचेत बनाएर झिकेको अनुसन्धानबाट थाहा भएको छ’ ब्यूरोका प्रवक्ता (एसपी) दान बहादुर मल्ल भन्छन्–‘६ लाख रुपैयाँमा पीडितको मिर्गौला बिक्री गरेको आरोपीहरुले स्विकारेका छन् ।’ मिर्गौला बेचेपछि आरोपीहरुले असार ७ मा उनलाई नेपाल ल्याएर छाडेका थिए । त्यसपछि ति पीडित ब्यूरोमा पुगेका हुन् ।
२५ वर्षीया युवकको मिर्गौला बेच्न सफल भएपछि उनीहरुले थप दुईजनालाई नेपालबाट भारत लैजाने तयारी गरेको एसपी मल्लले जानकारी दिए । मुरलीले भारतमा ग्राहकको आवश्यकता अनुसारको मिर्गौला दाता खोज्ने गरेका थिए । राजु नेपाली र राजेश परियारले मुरलीले पठाएका मानिसहरुलाई उनले भनेको ठाउँमा पु¥याएर भेट गराउने र पैसा लिएर भारत लैजाने मानिसको जिम्मा लगाउने गरेका थिए । सुवास नेपाली स्वास्थ्य जाँच गराउने र भारत लैजाने मानिसको जिम्मा लगाउने भूमिकामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान