३० हजार घुस लिएको अभियोगमा अधिकृत श्रेष्ठविरुद्ध अख्तियारको मुद्दा
सेवाग्राहीसँग ३० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आन्तरिक राजस्व कार्यालय महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार घुस मागेको उजुरी गरेपछि आयोगबाट खटिएको टोलीले सो रकमसहित गत भदौ १८ गते नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।
कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकोले प्रधानलाई बिगो तीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवाना र दफा ३ को उपदफा १ को देहाय ख बमोजिम कैद सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता भण्डारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो कारोबारमा मुछिएका ४७ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा