हृदयेश त्रिपाठी नेतृत्वको पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेलको घोषणा

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच आगामी निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ । समझदारीअनुसार नेकपा संयुक्तले जनता प्रगतिशील पार्टीको चुनाव चिह्न लिने तय भएको छ । नेकपा संयुक्तको चुनाव चिन्ह सम्बन्धी विवाद गत ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेका कारणले सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता प्रगतिशील पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिने निर्णय भएको समझदारीपत्रमा उल्लेख छ ।
जनता प्रगतिशील पार्टीको निर्वाचन चिन्ह लिएर प्रदेशसभा सदस्य वा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष वा समानुपातिक उम्मेदवारी दिएर नेकपा संयुक्तका उम्मेदवार विजयी भएमा दुबै दलबाट कुन हवीप नलाग्ने समझदारी पनि भएको छ ।
जनता प्रगतिशील पार्टीले दुवै दलको तर्फबाट उम्मेदवारहरूको औपचारिक मनोनयन पत्र प्रदान गर्ने र दुवै पार्टीको आपसी समझदारीमा समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची तयार गर्ने समझदारी पनि भएको छ । सहमतिपत्रमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र नेकपा संयुक्तका चन्द्रदेव जोशीले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्मेन्द्रले ल्याए एकसाथ चार कृति
-
गाजामा भोकले बेहाल भएकाहरूले राहत सामग्री बोकेका ट्रकहरूलाई घेरे
-
रुसमा पुल भत्किएर रेल्वे ट्र्याकमा खस्दा ७ जनाको मृत्यु
-
'जन्ते बाख्रो साँझ'मा महेश र अस्मिताले नचाए दर्शक
-
अमेरिकाले इरानलाई पठायो आणविक सम्झौताको प्रस्ताव
-
सुनचाँदीकै मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?