सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविका १३ महाशाखा प्रमुखको आग्रह : ताला खोलिदिनुहोस्, शिक्षक कर्मचारीले तलब खान सकेनन्

सोमबार, २७ भदौ २०७९, १५ : १७
सोमबार, २७ भदौ २०७९

त्रिभुवन विश्वविद्यालयका १३ वटा महाशाखा प्रमुखहरुले त्रिविमा भइरहेको तालाबन्दी खोलिदिन आग्रह गरेका छन् । लामो समयदेखिको तालाबन्दीका कारण २०७९ असारदेखि शिक्षक, कर्मचारीको तलबभत्ता रोकिएको, निवृत्त शिक्षक कर्मचारीहरुले पाउने पेन्सन पाउन नसकेको, निवृत्त भएका शिक्षक तथा कर्मचारीहरूको निवृत्तिभरण तथा उपदानको प्रक्रिया अगाडि बढ्न नसकेको भन्दै तालाबन्दी खोलिदिन आग्रह गरेका हुन् ।

त्रिवि रजिस्ट्रारको कार्यालयदेखि आर्थिक प्रशासन महाशाखासम्मका प्रमुखले एक विज्ञप्ती जारी गर्दै तालाहरू यथाशीघ्र खोलेर आर्थिक तथा प्रशासनिक कार्यहरू सुचारु गर्नका लागि सहयोग गर्न आग्रह गरेका हुन् । त्रिविलाई थप धरासायी हुनबाट रोक्न र इतिहासको पानामा मात्र सीमित हुनबाट जोगाउनको लागि ताला खोलिनुपर्ने उनीहरूको तर्क छ ।

वार्ताको माध्यमद्वारा समस्याको समाधान र विश्वविद्यालयलाई सदाका लागि शान्ति क्षेत्रका रुपमा विकास गर्न पहल गरिदिन समेत सबै सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।  लामो समयदेखि त्रिविमा नेपाल विद्यार्थी संघले नेता कार्यकर्ताले तालाबन्दी गरेका छन् । उनीहरूले विभिन्न माघ अघि सारेर लामो समयदेखि तालाबन्दी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप