शीतल निवासमा दुई देशका राजदूतको शपथ
सोमबार, २७ भदौ २०७९, १५ : ११
सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका दुई देशका राजदूतले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच म्यानमारका लागि नेपाली राजदूत हरिचन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ दिलाएको कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्कालगायतका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती