मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

सुरक्षा परिषद‍्मा सामेल गर्न साउदी अरबसँग भारतको लबिङ

सोमबार, २७ भदौ २०७९, १५ : ०९
सोमबार, २७ भदौ २०७९

भारतीय विदेशमन्त्री एस जयशंकरले साउदी अरबसँग भारतले संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा सदस्यता पाउनुपर्ने बताएका छन् । जयशंकरले बदलिँदो वैश्विक परिस्थितिअनुसार सुरक्षा परिषद्मा बदलाव हुनुपर्ने धारणा राखेका हुन् । 

उनले यो बदलाव अन्तर्राष्ट्रिय सुरक्षा र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रासङ्गिकताका लागि आवश्यक भएको जिकिर गरे । जयशंकर शनिबार साउदी अरबको तीन दिने भ्रमणमा पुगेका थिए । साउदी अरबमा उनको यो पहिलो भ्रमण हो ।

भारतले लामो समयदेखि सुरक्षा परिषद्मा सुधारको माग गरिरहेको छ । जयशंकरले भारतले सुरक्षा परिषद्मा स्थायी सदस्यता पाउने समय आइसकेको बताए । सुरक्षा परिषद्को वर्तमान संरचनाले २१ औँ शताब्दीको भूराजनीतिक वास्तविकतालाई प्रतिबिम्बित नगर्ने उनको तर्क थियो ।

जयशंकरले आइतबार साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग पनि भेटघाट गरेका थिए । भेटका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको लिखित सन्देश सलमानलाई हस्तान्तरण गरेका थिए । भेटमा दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको जयशंकरको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप