आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कलाकार दीप सागरको निधन

सोमबार, २७ भदौ २०७९, १५ : ०८
सोमबार, २७ भदौ २०७९

कलाकार दीप सागरको निधन भएको छ । सागरको सोमबार बिहान मध्य बानेश्वर स्थित भेनस अस्पतालमा निधन बिहान साढे सात बजे निधन भएको उनका नजिकका साथी हास्य कलाकार शेरबहादुर गुरुङले जानकारी दिए । नेपाली कला क्षेत्रमा मोडल, छायाँकार, निर्देशकको अलवा श्रृङ्गारका रुपमा चिनिएका सागरको पहिले वीर अस्पतालमा र त्यसपछि भेनेसमा उपचारका लागि पुर्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

सुगर तथा मृगौला रोगबाट पिडित उनले ‘पुरानो पुस्ता’ को समेत निर्देशन गरेका थिए । फिल्म ‘नमस्ते डोल्पा’ मा नायकको भूमिकामा निर्वाह गरेका सागरले लोकगीत ‘बेनीको बजार’,  ‘झरनाको त्यो चिसो पानी’, ‘हिउँ पर्यो फुरुरु’, ‘मेरो घान्द्रुक गाउँ’, ‘हङकङ आइडीले’ लगायत दर्जनौ म्युजिक भिडियो अभिनय तथा सय बढी म्युजिक भिडियो निर्देशन गरेका छन् । सागरको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । सागरका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप