नबिल बैंकका ८ नयाँ शाखा उद्घाटन
नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मूलपानी, सुरुङा, भगवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो ।
उपत्यका भित्रका शाखाहरूमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखाको उद्घाटन गरे । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजिता कुमार शाक्यले संयुक्त रुपमा मंगलबजार शाखा, कागेश्वरी मनोहरा वडा ६ का वडा अध्यक्ष प्रकाश फुयाँल तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले संयुक्त रुपमा मूलपानी शाखा तथा काठमाडौं महानगरपालिका वडा १५ डल्लुका वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका प्रमुख जोखिम अधिकृत नमिता दीक्षितले संयुक्त रुपमा भगवान पाउ (डल्लु) शाखा उद्घाटन गरे ।
त्यस्तै गरी उपत्यका बाहिरका शाखाहरूमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको उपस्थितीमा तीन शाखाहरु मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्र कुमार पोखरेलले सुरुङ्गा शाखाको र शनिबार इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेका थिए । त्यसका साथै राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्ण दत्त भट्टराईले संयुक्त रुपमा भण्डारा शाखा उद्घाटन गरेका थिए । आइतबार उद्घाटन भएका ८ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय २३३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते