लन्च ब्रेकपछि गठबन्धनका नेताहरु पुनः छलफलमा
सोमबार, २७ भदौ २०७९, १४ : ३३

सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बिहानदेखि बालुवाटारमा चलिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनको बैठक जारी छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता बैठकमा सहभागी छन् ।
आजको बैठकमा शीर्ष नेताका साथै ११ सदस्यीय कार्यदलका सदस्य पनि सहभागी रहेका छन् । बिहानी बैठक ८ बजेदेखि दिउँसो १२ बजेसम्म चलेको थियो । लन्च ब्रेकपछि दिउँसो २ बजेबाट पुनः बैठक सुरु भएको हो ।
बालुवाटार स्रोतका अनुसार अधिकांश नेताले बालुवाटारमै लञ्च गरेका थिए । केही नेता आफ्नो निवासमा गरेर लञ्च गरेर पुनः बालुवाटार फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)