१९ वर्षीय किशोरले जिते यूएस ओपनको उपाधि
सोमबार, २७ भदौ २०७९, १४ : ३२
स्पेनका १९ वर्षीय किशोर कार्लोस अल्कारेजले क्यास्पर रुडलाई पराजित गर्दै यूएस ओपनको उपाधि जित्न सफल भएका छन् । आफ्नो पहिलो मेजर फाइनल खेलिरहेका अल्कारेजले ६–४, २–६, ७–६ (७–१) र ६–३ को जीत हासिल गरेका हुन् ।
सन् २००५ मा राफायल नाडालले फ्रेन्च ओपनको उपाधि जिते यता कुनै पनि ग्रान्ड स्लाम उपाधि जित्ने उनी सबैभन्दा कम उमेरका खेलाडी हुन् । उता २३ वर्षीय रुडले फाइनलमा जीत हासिल गरेको भए उनी टेनिसमा विश्वको नम्बर १ खेलाडी बन्ने थिए । तर उनले आफू पुगेको दुवै फाइनलमा हार बेहोरेका छन् ।