शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमालेको सरकार नबने देश बर्बाद हुन्छ : ओली

सोमबार, २७ भदौ २०७९, १४ : २८
सोमबार, २७ भदौ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले जित्न नसके देश बर्बाद हुने बताएका छन् । सोमबार नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्य पूरा गर्नका लागि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताए ।

‘नेकपा एमालेको सरकार मंसिर ४ गतेको निर्वाचनबाट गठन गर्नु अनिवार्य छ,’ उनले भने, ‘यदि एमालेले सरकार बनाउन नसके देश बर्बादीतर्फ जान्छ ।’  पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप उनले लगाए । त्यसैले पनि गठबन्धनलाई अर्को पाँच वर्ष दिन नहुने उनको भनाइ थियो ।

‘एमाले सरकारमा जानका लागि होइन, देश बचाउन, विकास गर्न, सबै ठाउँमा बस्ने जनताको सद्भाव र एकताका लागि एमालेले जित्नुपर्छ,’ उनले भने । शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्ने योजना एमालेले अघि सारेको उनले बताए । उनले भने, ‘आगामी निर्वाचनले सही सरकार दिन सक्नुपर्छ । देश, लोकतन्त्र, विकासप्रति समर्पित सरकार दिन सक्नुपर्छ ।’ 

गठबन्धनले सबैको भोट संकलन गरेर बहुमत पु¥याउने खेल खेलिरहेको आरोप लगाउँदै उनले पाँच दलीय गठबन्धन देश र जनताका लागि नभएर तिनै दलका नेताहरुका लागि केन्द्रित रहेको बताए । ‘गठबन्धन जोगाउने, गठबन्धन जिताउने, गठबन्धनको सरकार बनाउने अनि गठबन्धनका नेताले बाँडीचुँडी खाने, आफ्नो नातागोता, आफ्नो गुट पोस्ने,’ उनले भने, ‘यो बाहेक अर्को उद्देश्य छैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप