बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

फुल्चोकी जंगलमा महिलाको हत्या

१ जना पक्राउ
सोमबार, २७ भदौ २०७९, १४ : १७
सोमबार, २७ भदौ २०७९

ललितपुरको फुल्चोकी जंगलमा महिलाको हत्या भएको छ । सर्लाही घर भएकी ४० वर्षीया महिलाको हत्या भएको प्रहरीले जनाएको छ । आइतबार जंगलमा उनको शव भेटिएको थियो । महिलाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएका घ्याल्बो लामा छन् । घटनाबारे ४ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सुधीरराज शाहीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप