बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जी बबले नचाए धरानका दर्शक

सोमबार, २७ भदौ २०७९, १३ : ३४
सोमबार, २७ भदौ २०७९

‘एएनटिएफ र्याप ब्याटल’ बाट चर्चित भएका जी बब नामले परिचित र्यापर सुदीप भण्डारीले धरानका दर्शक नचाएका छन् । धरानमा आयोजित ‘टुबोर्ग फुल भोल्युम कन्सर्ट’ मा जी बबले आफ्नो र्याप गीत संगीतबाट दर्शक नचाएका हुन् । 

कार्यक्रममा जी बबले ‘मिलेन लेभल तेरो बाउ बोला ए’ , ‘फाइनली भेटियो’, ‘कलाको म धनी’, ‘भाग न भाग, ‘कलाकार’, ‘सिधा कुरा मेरो’ र ‘सरी मम’ लगायत युवा पुस्तामाझ लोकप्रिय गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा गायिका अस्मिता अधिकारी, र्यापरहरु प्लस डिभाइड र सिरुपातेसँगै धरानको चर्चित डीजे नभसनले डीजेइङ समेत प्रस्तुत रहेका थिए ।

जी बबले आफ्ना प्रस्तुति दिइरहँदा आयोजकले उनको समय छोट्टयाएका थिए । सोही कारण जीबबले मिलेन लेभल र सरी ममबाट आफ्नो प्रस्तुति छोट्याएका थिए ।  गायिका अस्मिता अधिकारीले काफल कमल, टाढा भएपनि, लज्जावती झार, साली मनपरर्यो, तिम्रो मायाले बाँधेर राख लगायत गीतहरूले दर्शक रिझाएकी थिइन् । फुल भोल्युम कन्सर्ट सिल्भर इन्टरटेनमेन्टको आयोजना तथा टुबोर्ग बियरको प्रस्तुति आयोजना भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप