त्रिविमा मनोमानी ढंगबाट चलेका नेविसंघ समूह विघटन
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा मनोमानी ढंगबाट सञ्चालित समूहहरूलाई विघटन गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ती जारी गर्दै आ–आफ्नै ढंगबाट अगाडि बढिरहेका समूहहरूलाई विघटन गरेको जनाएका हुन् ।
नेविसंघ त्रिवि समितिको अधिवेशन गर्नुपर्ने देखिएको भन्दै विश्वविद्यालय क्याम्पसमा सक्रिय सम्पूर्ण समितिहरु आजकै मितिदेखि विघटन गरेको जनाएका हुन् । नेपाल विद्यार्थी संघलाई वैधानिक ढङ्गले मूर्त रुप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइ क्याम्पस अधिवेशन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनको वातावरण सिर्जना गरि अधिवेशन प्रक्रियामा सहभागी हुन समेत सबैमा आग्रह गरे । अब उप्रान्त केन्द्रीय समितिको परिपत्र, समन्वय तथा निर्देशनबिना त्रिवि समितिको रिक्तताको समयमा कुनै पनि सांगठनिक गतिविधि एवम् नियम विपरीतका क्रियाकलापहरू नगर्न/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध समेत गरिएको छ । लामो समयदेखि त्रिविमा नेविसंघ भित्रै आन्तरिक विवाद थियो । र उनीहरूले मनोमानी ढंगबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण