सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविमा मनोमानी ढंगबाट चलेका नेविसंघ समूह विघटन

सोमबार, २७ भदौ २०७९, १३ : २२
सोमबार, २७ भदौ २०७९

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा मनोमानी ढंगबाट सञ्चालित समूहहरूलाई विघटन गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ती जारी गर्दै आ–आफ्नै ढंगबाट अगाडि बढिरहेका समूहहरूलाई विघटन गरेको जनाएका हुन् । 

नेविसंघ त्रिवि समितिको अधिवेशन गर्नुपर्ने देखिएको भन्दै विश्वविद्यालय क्याम्पसमा सक्रिय सम्पूर्ण समितिहरु आजकै मितिदेखि विघटन गरेको जनाएका हुन् ।  नेपाल विद्यार्थी संघलाई वैधानिक ढङ्गले मूर्त रुप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइ क्याम्पस अधिवेशन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशनको वातावरण सिर्जना गरि अधिवेशन प्रक्रियामा सहभागी हुन समेत सबैमा आग्रह गरे ।  अब उप्रान्त केन्द्रीय समितिको परिपत्र, समन्वय तथा निर्देशनबिना त्रिवि समितिको रिक्तताको समयमा कुनै पनि सांगठनिक गतिविधि एवम् नियम विपरीतका क्रियाकलापहरू नगर्न/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध समेत गरिएको छ ।  लामो समयदेखि त्रिविमा नेविसंघ भित्रै आन्तरिक विवाद थियो । र उनीहरूले मनोमानी ढंगबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप