आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सप्तरीमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृत्यु

सोमबार, २७ भदौ २०७९, १३ : १७
सोमबार, २७ भदौ २०७९

सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।  पूर्व पश्चिम राजमार्गमा प्रदेश २ ०१ ००२ प ३९९३ नम्बरको मोटरसाइकल सडकमा रहेको कुकुरलाई बचाउने क्रममा आज बिहान साढे ८ बजे दुर्घटनामा परेको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सप्तरीकै बोदेवर्साइन नगरपालिका–२ की ४५ वर्षीया अञ्जना देवी यादवलाई अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए ।  मोटरसाइकल चालक तथा अञ्जनाका श्रीमान भने सकुशल रहेको सप्तरी प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप