बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

फाइनल पुग्न श्रीलंकासँग खेल्दै नेपाल

सोमबार, २७ भदौ २०७९, १२ : ४७
सोमबार, २७ भदौ २०७९

साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमबार श्रीलंकामा जारीसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी प्रतियोगिताको फाइनल पुग्न नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो । कोलम्बोको रेस कोर्स ग्राउन्डमा नेपाल र श्रीलंका बीचको खेल राति ८ः १५ बजे सुरु हुनेछ ।

समूह चरणमा अपराजित हुँदै सेमिफाइनलमा पुगेको नेपाल आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको उपाधि नजिक पुग्न चाहन्छ । यता श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । श्रीलंकाले भने समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो ।  यस खेलको विजेताले फाइनलमा भारत र बंगलादेश बीचको विजेतासँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप