अभिनेत्री प्रियंकादेखि पूर्वमिस नेपालसम्म एउटै र्‍याम्पमा (तस्बिरहरु)

person explore access_timeभदौ २७, २०७९ chat_bubble_outline0

पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, नीकिता चण्डक, सुपर मोडेल आस्था पोखरेल, सविता कार्की, आयुश्मा रानी सिंह, सुदीपा पाठक, रुवीना थापा, मिस नेपाल इशानी श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की लगायत ४२ सेलिब्रेटी एउटै र्‍याम्पमा देखिएका छन् । नेपाली बजारमा आफ्नो अलग पहिचान बनाउन सफल पहिरन ब्राण्ड ‘अजिजा’ को रन्वेमा यी सबै सेलिब्रेटी एकसाथ देखिएका हुन् ।  


होटेल याक एन्ड यतिमा आयोजना भएको ‘अजिजा द रन्वे सो’ नामक फेसन शोमा डिजाइनर श्वेता प्रधानले तयार पारेको विभिन्न आकर्षक पहिरनका डिजाइन १६ सिक्वेन्स प्रस्तुत भयो ।  विभिन्न रंगलाई थिम बनाई सिक्वेन्स डिजाइन भएको कार्यक्रममा सेलिब्रेटी सिक्वेन्स, सेलीब्रेटी विथ मोडल सिक्वेन्स, मोडल सिक्वेन्स लगायत थिम थियो । शोका २ वटा सिक्वेन्समा पुरुष मोडलले सेरबानीका कलेक्सन प्रस्तुत गरेका थिए ।
भव्य सेट डिजाइन, झुमरहरुको उच्चतम प्रयोग, साउन्ड तथा लाइटको राम्रो सम्मिश्रण गरिएको आफुले सोचे भन्दा राम्रो भएको डिजाइनल कल्पनाले बताइन् ।



काठमाडौँकी श्वेता १५ वर्षदेखि फेसन इन्डस्ट्रिमा छिन् ।  फेसनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनी ‘अजिजा’ नामक ब्रान्डी सञ्चालन हुन् । करिब साढे दुई घन्टा चलेको, माल्भिका सुब्बाको संचालन रहेको शोको फेशन कोरियोग्राफर प्रशान्त ताम्रकार, गायिका इन्दिरा जोशी, फोटोग्राफर राजभाइ सुवाल, गौतम धिमाल, विकास खतिवडा, अभिनेता आयुष्मान देशराज जोशी लगायतको समेत उपस्थिति रहेको थियो । 




 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।